अर्घाखाँचीमा हिन्दु युवाहरुले नष्ट गरे कविरका संयौं पुस्तक - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

अर्घाखाँचीमा हिन्दु युवाहरुले नष्ट गरे कविरका संयौं पुस्तक



हिन्दु धर्मविरोधी पुस्तक विक्रि गरेको आरोप लगाउदै अर्घाखाँचीमा युवाहरुले मानव धर्म सम्वन्धी पुस्तक नष्ट गरेका छन् ।

अर्घाखाँची जिल्लाको अर्घामा पूर्णिमाको दिन दशैं विशेष कार्यक्रम चलिरहेको बेला हिन्दु क्षेत्रमा अन्य धर्मको प्रचार गरिएको भन्दै हिन्दु युवा संघ नेपाल समर्थित युवाहरुले ज्ञान गंगा नामक सयौं पुस्तक नष्ट गरेका हुन् ।

हिन्दु संस्कार अन्तरगत विभिन्न कार्यक्रम हुने अर्घा भगवती मन्दिर परिसरमा अन्य धर्मको प्रचार गर्न नपाईने भन्दै युवाहरुले अव उप्रान्त मन्दिरहरुमा यस्ता गतिविधी नगर्न चेतावनी समेत दिएका थिए ।