अर्घाखाँचीमा एक व्यक्ति मृत अवस्थामा फेला - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अर्घाखाँचीमा एक व्यक्ति मृत अवस्थामा फेला



11रिप्रसाद भुसाल / असोज ३०, अर्घाखाँची

अर्घाखाचीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सदरमुकाम सन्धिखर्कको विचमा रहेको शान्ति बँगैचामा सन्धिखर्कमै मजदुरी गर्ने अक्षेय नेपाली नाम गरेका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

विरामी भई अशक्त भएपछि शान्ति बँगैचामै लडिरहेका नेपाली आज विहान मृत अवस्थामा स्थानीयले भेटाएपछि प्रहरीलाई खवर गरेका थिए ।

विगत केही वर्षदेखी सन्धिखर्कमा मजदुरी गर्दै आएका करिव ५५ वर्षिय नेपालीको घर जिल्लाकै ठाडा गा.वि.स.मा रहेको प्रहरीले अनमान गरेको छ । मृतकका परिवारलाई सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।11a