अनिश्चितकालिन बन्द अर्घाखाँचीमा कायमै - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अनिश्चितकालिन बन्द अर्घाखाँचीमा कायमै



logoहरिप्रसाद भुसाल / मंसिर १७, अर्घाखाँची

सरकारले संविधान संशोधनको क्रममा पाँच नम्बर प्रदेश टुक्राउने गरी प्रस्ताव व्यवस्थापिकामा पेश गरेको विरोधमा अर्घाखाँचीमा आह्वान गरिएको अनिश्चितकालिन बन्द भोली पनि कायमै रहने भएको छ ।
आज बुटवलमा भएको बृहत विरोध प्रदर्शनका कारण केही खुकुलो बनाइएको भएपनि भोलीबाट पूर्ववत रुपमा बन्दका सम्प”र्ण कार्यक्रमहरु जरी रहने उद्योग बाणिज्य संघ अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
नयाँ एफ.एम.संग कुरा गर्दै अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार बन्दको समयमा बजार कलकारखाना तथा सवारी साधनहरु पूर्ण रुपमा बन्द हुनेछन् । बन्दको कार्यक्रममा एम्वुलेन्स, दुध बोक्ने गाडी, प्रेस सहित कुटनितिक नियोगका गाडीहरुलाई भने कुनै अवरोध गरिनेछैन । आन्दोलनका बाँकी कार्यक्रमहरु भोली नै तय गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिएका छन् ।