अझै अज्ञात छन् पूर्वगृहमन्त्री घिमिरे , खोजीकार्य जारी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अझै अज्ञात छन् पूर्वगृहमन्त्री घिमिरे , खोजीकार्य जारी



१० असोज, चितवन । त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य जारी राखिएको छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

जीप पूर्ण रुपमा नदीमा डुबेको कारण खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । आइतबार राति १ बजेसम्म दुर्घटना भएको स्थलमा गाडीको खोजी गरिएको थियो ।

म्याग्नेटको समेत प्रयोग गरी जीप खोजीएको भएपनि फेला नपरेको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले बताए ।

प्रहरीले २ टोली बनाएर मुग्लिन तर्फबाट खोज्न थालेको छ । नदीमा पानीको बहाव उच्च भएका कारण दुर्घटना स्थलभन्दा तलबाट खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।

अनलाइनखबर्