५ करोड हिनामिना गर्ने बैंकका कर्मचारीसहित तीन पक्राउ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

५ करोड हिनामिना गर्ने बैंकका कर्मचारीसहित तीन पक्राउ



काठमाडौं-

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले कृषि विकास बैंक लिमिटेडको भन्डै पाँच करोड रुपैयाँ हिनामिना गरेको रोपमा बैंकका एक कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

बैंकको न्युरोड शाखामा कार्यरत सहायक टेलर दीपिका रेग्मीले बैकको खातामा मौज्दात रहनुपर्ने रकम अन्य दुई जनाको सहयोगमा अपचलन गरेको ब्युरोले जनाएको छ ।

ब्युरोले काठमाडो. नगार्जनु नगरपालिका १ बस्ने दप्पिकासहित तेह्रथुम सिम्ले घर भई बालाजु बस्ने प्रकाश घातानी र दोलखा भीमेश्वर नगरपालिका ६ घर भई काठमाडौं ३२ बस्ने रमेशकुमार थापालाई पनि पक्राउ गरेको छ, यो खबर आजकोकान्तिपुरमा छ ।