भैरहवामा गोलि चल्यो उद्योग बाणिज्य संघका उपाध्यक्ष माथि आक्रमण प्रयास
हिमाल पोष्ट /मंसीर २१,वुटवल भैरहवामा गोलि चलेको छ । आज भएको घटनामा सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने माथि आक्रमण प्रयास भएको हो ।
घटनामा संलग्न २ जनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धन र खोजीकार्य शुरु भएको प्रहरीले जनाएको छ ।
गल्लामण्डी स्थित आफ्नौ व्यवसायीक प्रतिष्ठान बसिरहेको समयमा मोटर साईकलमा आएका अज्ञात समुहबाट न्यौपाने माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिए ।