पोकेमोन गो का निर्माताको टि्वटर अकाउन्ट ह्याक - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

पोकेमोन गो का निर्माताको टि्वटर अकाउन्ट ह्याक



केही समय अघि फेसबुक सिइओ मार्क जुकरवर्गको अकाउन्ट ह्याक भएको खबर आएको थियो । ह्याकिंगको चपेटामा पर्नेमा जुकरबर्गलाई पछ्याएका छन् चर्चित गेम पोकेमोन गो का निर्माता ।

पछिल्लो समय निकै भाइरल बनिरहेको गेम पोकेमोन गो का निर्माता जोन हेंकको टि्वटर अकाउन्ट ह्याक भएको छ । जोन आफुले सिर्जना गरेको गेम र त्यसको चर्चामा यति व्यस्त भए की ह्याक भएको १२ घण्टापछि मात्र उनले पत्तो पाए ।

आवरमाइन ग्रुप नामक ह्याकर समूहले हेंकको टि्वटर अकाउन्ट ह्याक गरेको जिम्मा लिएको छ । स्मरण रहोस् यो ह्याकर समूहले यसअघि गुगलका सिइओ सुन्दर पिचाइ, फेसबुकका सिइओ मार्क जुकरवर्ग, टि्वटरका सिइओ ज्याक डोर्सी, टि्वटरका पूर्व सिइओ डिक कोस्टोलो लगायतका चर्चित व्यक्तिहरुका सोसल मिडिया अकाउन्ट ह्याक गरिसकेको छ ।

ह्याकरहरुका अनुसार ब्राजिलका लागि उनीहरुले पोकेमोन गो का निर्माताको टि्वटर ह्याक गरेका हुन् । पोकेमोन गो अझै ब्राजिलमा लञ्च हुन बाँकी छ ।

हेंकको टि्वटर अकाउन्ट ह्याक गरी उनको टि्वटर ह्याण्डिलबाट टि्वट गर्दै ह्याकरहरुले हेंकले निकै सजिलो पासवर्ड लयउबकक राखेको भन्दै हेंकको टि्वटर ह्याक गरेर आफुहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्नो अकाउन्ट सुरक्षित राख्न कति आवश्यक छ भन्ने कुरा सिकाउन चाहेको बताएका छन् ।