निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी मनाइदै - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी मनाइदै



२२ भदौ, काठमाडौं। निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता भन्ने नाराका साथ १४ औँ निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी मनाइदैछ ।

दिवसकै अवसरमा आज स्वास्थ्य मन्त्रालय र निजामती कर्मचारी अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यस्तै मन्त्रालयले एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम आयोजना गरेको थियो ।

नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् । दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ । दिवसकै अवसरमा मन्त्रालयले उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई यस वर्ष पुरस्कारले सम्मान गरेको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिएको हो ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता कायम गरी, राज्यका तीन वटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गर्नुभएको छ ।
दिवसको अवसर पारेर विभिन्न ठाउँमा रचनात्मक कार्यक्रम गरिदैछ ।। भैरहवामा दिवसको अवसर पारी बृक्षारोपण गरिदैछ ।