तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने



धुलिखेल, माघ २३

काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ ।

त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९२ लाखको योजनामा शनिबार सम्झौता भएको छ ।

सम्झौतामा दाताबाट करिब रु एक करोड ४० लाख, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेबाट रु १२ लाख ३७ हजार र उपभोक्ता समितिबाट स्थानीय जनश्रमदान करिब रु ४० लाख ८१ हजार व्यहोर्ने जनाइएको छ ।

आयोजना नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको समन्वयमा डेनिस रेडक्रस कन्सल्टिएमको आर्थिक सहयोगमा निर्माण हुने भएको हो । “हामीले त्रिपक्षीय रुपमा आयोजना सम्झौता गरी कामलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरिसकेका छौँ”, नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवीर चौप्रधानले भन्नुभयो – “अब यही आवको मसान्तभित्रमा तपाईंहरुले खानेपानी उपभोग गर्न पाउनुहुनेछ ।” रासस