तिलोत्तमा राहत कोषमा मिसन बैंकको एक लाख सहयोग - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

तिलोत्तमा राहत कोषमा मिसन बैंकको एक लाख सहयोग



तिलोत्तमा, भदौ २२ बुटवलमा प्रधान कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंक लिमिटेडले ‘तिलोत्तमा नगरप्रमुख दैवी प्रकोप राहत कोष’ मा एक लाख रुपैंयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदाहित्व अन्तर्गत् कोषमा सो रकम सहयोग गरेको हो ।

सो रकमको चेक एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद घिमिरेले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, कार्यकारी अधिकृत मोहन पौडेललगायतलाई संयुक्त रुपमा हस्तान्तरण गरे । दैवी प्रकोप तथा विपद् व्यवस्थापनमा सहयोग पु¥याउन नगरपालिकाले सो कोष स्थापना गरेको हो । कोषमा सहयोग जुट्नेक्रम जारी छ ।

कोषमा विभिन्न संघ÷संस्था, क्लव, व्यवसायिक प्रतिष्ठान, स्कुल, कलेजलगायत सम्पूर्ण नेपालीहरुले रकम सहयोग गर्न सक्ने कार्यकारी अधिकृत पौडेलले बताए । कोषको मिसन डेभलपमेन्ट बैंक लिमिटेड, ड्राइभरटोल शाखामा खाता खोलिएको छ । खाता नं. १००२एल००११०००७१८ मा आफ्नो गच्छेअनुसारको रकम जम्मा गरी मानवीय सेवामा जुट्न नगरपालिकाले सबैलाई आग्रह गरेको छ । नगरपालिकाले यहीँ कोषमा संकलित रकमबाट तिलोत्तमा नगरपालिका वडा नं. १, ८ र ११ का बाढी तथा डुबान पीडित परिवारहरुलाई राहत दिएको थियो