एमाले नेता सुरेन्द्र पाण्डेले रुखमा भोट मागेपछि खैलाबैला - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

एमाले नेता सुरेन्द्र पाण्डेले रुखमा भोट मागेपछि खैलाबैला



चितवन ।

सबै राजनीतिक दलका नेता कार्यकर्ता चुनावी अभियानमा छन्। सबैले आप्ना दलका नेता र एजेण्डा देखाउँदै मत मागिरहेका छन्। अरुभन्दा आफू र आफ्नो दल अव्वल देखाउने प्रयास पनि मत माग्ने क्रममा हुने भयो।

नेतादेखि कार्यकर्ता सबैलाई चुनावी चटारोले छपक्कै छोपेको छ। सबैलाई मत माग्ने हतारो छ। आफ्नो दलका उमेद्वारलाई जित्न पुग्ने मतको जोहो जोसुकैलाई पनि गर्नुनै छ।

मतदाता माझ मत माग्न पुग्ने नेता देखि कार्यकर्ताले आफ्नो पार्टीलाई मत माग्दै आएका हुन। तर चितवनको माडीमा शनिवार मत माग्ने क्रममा एमालेका उमेद्वार सुरेन्द्र पाण्डेले चुनावी कार्यक्रममा आफूलाई नभइ विपक्षी काँग्रेसलाई मत मागे।

हुन त सुरेन्द्र पाण्डे एमालेका नेता हुन। आफै उमेद्वार पनि छन्। तर मत माग्ने क्रममा उनले आफूलाई तथा आफ्नो चुनाव चिन्हमा मत नमागी रुख छापमा मत मागे। झुक्किएरै सहि उनले मत रुखमा मागेपछि छेउछाउका एमाले कार्यकर्ताले उनलाई सच्याउन आग्रह गरे।

आफै चुनाव उठेका पाण्डेले रुखमा मत नै त किन माग्थेर झुक्किएर मत मागेका हुन एमालेका एक कार्यकर्ताले प्रतिक्रिया दिए। कम्युनिष्ट गठवन्धनबा उमेद्वार भएका पाण्डे काँग्रेसको प्रचार समेत राम्रो देखिदा झुक्किएर काँग्रेसको चुनाव चिन्हमा मत मागे्न पुगेकी धेरैले अड्कल काटे।

काँग्रेसका एक जना कार्यकर्ता सिर्जना अर्यालले टिप्पणी गरिन, ‘ एमाले नेता सुरेन्द्र पान्डेको जिब्रोमा बसेर माता सरस्वतीले रुख चिन्नमा मतदान गर्न भन्नुभएछ। ‘

चितवनमा एमाले र माओवादीले गठवन्धन बनाएर चुनावी मोर्चामा छन्। काँग्रेसले पनि राप्रपा लगायतका दलसँग लोकतान्त्रिक मोर्चा बनाएर चुनावमा होमिएको छ।

चितवनमा माओवादीका अध्यक्ष प्रचण्ड र राप्रपाका नेता विक्रम पाण्डे एक अर्काबीचमा भिड्दै छन्। एकले अर्कालाई सजिलै हराउने दावी दुवैको छ।

भरतपुरको स्थानिय चुनावमा काँग्रेसले काँग्रेसले मेयर पदमा फिर्ता लिएका दिनेश कोइराला पनि यो चुनावमा चितवनबाटै प्रत्यासी भएका छन्।

काँग्रेस, एमाले र माओवादीको सबै मिश्रीत प्रभाव रहेको चितवनमा व्यक्तिगत रुपमा विक्रम पाण्डेको पनि प्रभाव छ। कालिका कन्सट्रक्सनका मालिक समेत रहेका उनले व्यक्तिगत  हैसियतमा यसअघी पनि चुनाव जीतेका थिए। विकास निर्माणका कामबाट स्थानियलाई प्रभावित पारेका उनले यो चुनावमा प्रचण्डलाई पनि माथ दिने बताएका छन्।

रोचक रुपमा अघी वढेको चितवनको चुनावको परिणाम कस्को पोल्टामा जाने त्यो ने केहि दिनपछि अनुमान गर्न सकिने अवस्थामा पुग्ने नै छ।

हाम्राकुराबाट