एक करोड ५० लाख कारोवार गर्दै सकियो दशैं सस्तो बजार - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

एक करोड ५० लाख कारोवार गर्दै सकियो दशैं सस्तो बजार



 

बुटवल, ९ असोज । बुटवल उद्योग बाणिज्य संघले बुटवलमा सञ्चालन गरेको दशैं सस्तो बजार सकिएको छ । गत बिहिबार नवदुर्गाको घटस्थापनादेखि सुरु भएको उक्त दशैं सस्तो बजारमा एक करोड ५० लाख कारोवार गर्दै सोमबार सकिएको हो ।

बुटवल उद्योग बाणिज्य संघले दशैंको अवसरमा सञ्चालन गर्दै आएको १७ औं संस्करणको यो दशैं सस्तो बजारमा २० हजार उपभोक्ता किनमेलकालागि आएको सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य बिमलराज भट्टराईले जानकारी दिनुभयो ।

दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामानहरु नुन, तेल, चिनी, चिया, सावुन, चामल, आटा, चिउरा, अचार, अण्डा, चाउचाउ तथा जुत्ता चप्पल, पुजा सामाग्री, कुकर लगायतका एक सामानका एक स्टल राखिएको थियो । पाँच दिनसम्म सञ्चालन गरिएको दशैं सस्तो बजारमा ५० लाख रुपैंया नयाँ नोट सटही गरिएको थियो ।