आजदेखि बुटवलमा दशैं सस्तो बजार सुरु - Himal Post Himal Post
  • १८ पुष २०८१, बिहीबार
  •      Thu Jan 2 2025
Logo

आजदेखि बुटवलमा दशैं सस्तो बजार सुरु



बुटवल असोज ५,बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि संघ सचिवालय परिसरमा दशैं सस्तो बजार सुरु भएको छ ।
५ दिनसम्म चल्ने बजारको संघका पुर्वअध्यक्ष महेशकुमार राजभण्डारीले एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।
दैैनिक उपभोग्य बस्तु, कपडा, जुत्ताचप्पल, इलेक्टोनिक्स सामान बजारमुल्य भन्दा ५ देखि ४० प्रतिशत सस्तोमा बिक्रिको व्यवस्था गरीएको छ ।

दशैं सस्तो बजारको उदघाटन गर्दै पुर्वअध्यक्ष राजभण्डारीले संघले व्यवसायीक हक हित सहित उपभोक्ताको सुबिधाका लागि मेला महोत्सव गरेर सबैको मन जितेको बताउनु भयो ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले
उपभोक्ता हित संरक्षण ऐन पारित गरेर उपभोक्तालाई अधिकार सम्पन्न गराउनु पर्ने बताउनुभयो ।

वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख बेद प्रकाश उपाध्यायले व्यवसायीले सस्तो मुल्यमा बस्तु बिक्रि गर्दा गुणस्तरमा बिशेष ख्याल गर्न‘पर्ने बताउदै बजारमा पनि अनुगमन गर्ने जानकारी दिनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले संघले दशैंका समयमा दशैं सस्तो बजार सञ्चालन गरेर उपभोक्तालाई सहुलियत दिएकोमा प्रशंसा गर्दै सरकारले नै यस्तो बजार सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्ज‘नमान सैजु, बारिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, महासचिव हरी प्रसाद अर्याल, बजार संयोजक बिमलराज भट्टराई , सीप बिकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेल लगायतले बोल्नु भएको थियो ।

ब्जारमा यस क्षेत्रका उपभोक्तालाई सजिलोका लागि प्रतिव्यक्ति ५ हजारका दरले नया नोट साटने व्यवस्था मिलाइएको छ ।