आज विश्व अहिंसा र बसोवास दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

आज विश्व अहिंसा र बसोवास दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै



१६ असोज – आज अक्टोवर २ अर्थात नवौं अन्तर्राष्ट्रिय अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

साथै विश्वमै अहिंसाका लागी असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो ।

सन् २००८ देखि राष्ट्र संघका १सय ९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएको छ ।

दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेका छन् । नेपालस्थित भारतीय दूतावासले दिवसका अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।

महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउनु भएको थियो ।

विश्व बसोवास दिवस
आज विश्व बसोवास दिवस, विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ । सन् १९८६ को संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा भने सन् २००४ बाट मनाउन थालिएको हो । यो दिवसले आवासका बारेमा जागरुक बनाउन मदत पुर्याउने सरोकारवालाहरुको भनाइ छ । नेपालमा बढ्दो अब्यवस्थित शहरीकरणलाई व्यवस्थित गराउनु मुख्य चुनौती बन्दै गएको छ। नेपाल भूकम्पलगायत अन्य प्रकोपजन्य जोखिममा रहेको अवस्थामा आपत विपत् पर्दा सबैलाई सहज एवं सुरक्षित हुने गरी आवास निर्माण गर्नुपर्नेमा सरकारको जोड छ ।

सन् २००० मा नेपालको कूल जनसंख्याको १७ प्रतिशत मानिस शहरमा बस्थे भने अहिले शहरमा बसोबास गर्ने मानिसको संख्या कूल जनसंख्याको ४२ प्रतिशत रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।