आफ्नै छोराले कुटपिट गरी आमाको हत्या - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

आफ्नै छोराले कुटपिट गरी आमाको हत्या



लहान- सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेका छन्।

सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेका हुन्।

आमाको हत्या गर्ने पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिए।रासस