अब फेसबुकमा लाइक र सेयरको पैसा लाग्ने - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

अब फेसबुकमा लाइक र सेयरको पैसा लाग्ने



काठमाडौं, कात्तिक १० ।

फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ।

फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ।

फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष प्रभावित हुनेछन् । बजार विस्तार यथेष्ट मात्रामा हुन नसकेका मिडियाहरू यस नियमले बन्द नै हुने अवस्थामा पुग्न सक्ने सामाजिक सञ्जाल विश्लेषकहरुको भनाइ छ।

फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकमा परीक्षण भइरहेको छ। फेसबुक कम्पनीका अनुसार मानिसहरूले अरूको पोष्टलाई लाइक तथा सेयर परिपाटीका वृद्धि भएका कारण यस्तो नियम ल्याउन लागिएको हो। यस्तो नियम परीक्षणका लागि ल्याउन लागिएको समेत कम्पनीले बताएको छ।

सामाजिक सञ्जाल फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि फेसबुक कम्पनीले यस्तो नियम ल्याउन लागेको दाबी गरेको छ। लाइक तथा सेयरको मात्राका आधारमा शुल्क तिर्न नसक्ने प्रकाशक कम्पनीहरू यस नियमले अप्ठ्यारोमा पर्नेछन्। बजफिडजस्ता फेसबुकबाट अडियन्स आउने समाचार पोट्रलहरु यो नियमका कारण धरासायी हुने दाबी गरिएको छ।एजेन्सी