जिप दुर्घटनामा मृत्यु भएका घिमिरेलाई कांग्रेसले सहिद घाेषणा गर्याे - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

जिप दुर्घटनामा मृत्यु भएका घिमिरेलाई कांग्रेसले सहिद घाेषणा गर्याे



घनश्याम पाैडेल पाणिनि, ६ असार

नेपाली कांग्रेस पाणिनि गाउँपालिका वडा नम्बर ६ मैदानका क्रियाशिल सदस्य अर्जुन घिमिरेकाे जिप दुर्घटनामा परी मृत्यु भएसँगै मैदान बासी तथा कांग्रेस स्तब्ध भएकाे छ । घटनामा मृत्यु भएका घिमिरेलाई नेपाली कांग्रेस अर्घाखाँचीले सहिद घाेषणा गर्दै पाचँ लाख सहयाेग गर्ने प्रतिबद्धता जनाएको छ ।

मैदानमा अायाेजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, जिल्ला सभापति विष्णु मुस्कान, महासमिति सदस्य यादव घिमिरे, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पाैडेल, क्षेत्रिय सभापति अच्युत गाैतम, जिल्ला सदस्य इन्सु मियाँ, उपाध्यक्ष पदका उम्मेदवार अम्बिका पाेख्रेल, कांग्रेस गाउँपालिका संयाेजक विष्णु अर्याल, मैदान सभापति शालिकराम पाैडेल, कांग्रेस गाउँपालिका अाठ वटै वडाका सभापति, अाठ वटै वडाका अध्यक्ष तथा सदस्य पदका उम्मेदवार, कांग्रेस मैदान सचिव नारायण गैरे, स्वतन्त्र विद्यार्थी युनियन पाणिनि बहुमुखी क्याम्पस काेषाध्यक्ष घनश्याम पाैडेल लगाएतले घिमिरेले नेपाली कांग्रेसलाई पुर्‍याएकाे याेग्दान कहिल्यै भुल्न नहुने बताए ।

घिमिरेले नेपाली कांग्रेसलाई पुर्‍याएकाे याेगदानकाे उच्च मुल्यांकन गरि पार्टीले सधै घरपरिवारलाई सहयाेग गर्ने बताए । श्रद्धाञ्जली सभामा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा पाणिनि गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जिवनारायण काेईराला, एमाले मैदान अध्यक्ष इन्द्रमणि घिमिरे, माअाेवादि केन्द्र मैदानका अध्यक्ष बुद्धि जिसि लगाएतले श्रद्धाञ्जली दिएका थिए ।

घिमिरेकाे अाईतबार नेपाली कांग्रेसकाे प्रचारप्रसार अभियानमा मैदान अमजामा जिप दुर्घटनामा परी उपचारका क्रममा पाल्पा निधन भएकाे थियाे । जिप दुर्घटनामा ४ जनाकाे पाल्पा मिसन अस्पतालमा उपचार भईरहेकाे छ, भने अन्य ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन ।