बिहानै किन पुगिन चिनियाँ राजदूत यान्छी प्रचण्डनिवास ?
काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छीले सोमबार बिहान अध्यक्ष प्रचण्डलाई उनको निजी निवास खुमलटार पुगेर भेटेकी हुन् ।
दाहाल र यान्छीबीचको भेटमा भएका कुराकानीको विषय गोप्य राखिएको छ । यान्छीले दाहाललाई भेट्न लामो समयदेखि प्रयास गरे पनि दाहालले भेट्न समय नदिएको खबर बाहिरिएको थियो । यान्छीले नेकपाभित्रको विवादको विषयमा प्रत्यक्ष हस्तक्षेप गरिरहेको खबर आइरहेका छन् ।
यसपालि पनि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन् । यान्छीको भेटपछि प्रधानमन्त्री ओली मंसिर ३ गतेको सचिवालय बैठकमा सहभागी हुन तयार भएको खबर पनि बाहिरिएको थियो ।
चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने विषय र नेकपाको सचिवालय बैठकसँग सम्बन्धित कुराकानी भएको खुमलटार स्रोतले जनाएको छ ।