लुम्बिनीको मायादेवी मन्दिर छेउमा युवतीको शव भेटियो
बुटवल- लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ । साँझपख शव भेटिएपछि स्थानीयहरू त्रसित बनेका छन् ।
मंगलबार साँझ करीब साढे ५ बजे अन्दाजी २० वर्षीय युवतीको शव फेला परेको हो । लुम्बिनी साँस्कृतिक नगरपालिका–३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडीमा उक्त शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिएका छन् ।
शव भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।