२४ वर्षिय युवकले गरे रुखमा झुन्डिएर आत्महत्या - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

२४ वर्षिय युवकले गरे रुखमा झुन्डिएर आत्महत्या



कैलाली । कैलालीमा एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । करिब २४ वर्षिय जसमल ठगुन्ना रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्लाको घोडाघोडी नगरपालिका -४ गैंडाखेडाका २४ वर्षिय ठगुन्नाले आफ्नै घर पछाडि रहेको आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको वडा नं ४ का वडा अध्यक्ष टेक बहादुर बुढाले जानकारी दिए ।

बुधबार राति घरको छ्तमा एक्लै सुतेका ठगुन्ना बिहिवार बिहान झुन्डिएको अवस्थामा परिवारले देखेपछि आफुहरुलाई खबर गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

ठगुन्नाले के कारणले आत्महत्या गरे भन्नेबारे नखुलेको र यसबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख भट्टले बताए । मृतको शव पोष्टमार्टनका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।