रुपन्देहीमा एक युवकको हत्या - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

रुपन्देहीमा एक युवकको हत्या



रुपन्देही – अज्ञात समूहको सांघातिक आक्रमणबाट रुपन्देहीको देवदहमा एक युवकको मृत्यु भएको छ ।
आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० वर्षीय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार मोटरसाइकलमा सवार उनीमाथि देवदह भलुहीमा अज्ञात समूहले सांघातिक आक्रमण गरेको हो ।

देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । आक्रमण गर्ने समुह फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।