गृहमन्त्रीले युवाहरुलाई भने :सरकारले शुरु गरेको अभियानमा साथ दिनुहोस - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गृहमन्त्रीले युवाहरुलाई भने :सरकारले शुरु गरेको अभियानमा साथ दिनुहोस



काठमाडौँ, : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गर्नुभएको छ ।

आज योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका तथा अन्तरक्रिया’ विषयक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुखसमेत रहनुभएका गृहमन्त्री थापाले भ्रष्ट, तस्कर, सिन्डिकेटविरुद्ध अभियान शुरु गरेको भन्दै यसलाई निष्कर्षमा पु¥याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले गृह मन्त्रालयले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागेको जानकारी दिँदै सो अभियानमा युवालाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना रहेको भन्दै अब त्यसका लागि समेत गृहकार्य गरिने बताउनुभयो ।

उहाँले जनताको आकांक्षा र देशको विकास तथा समृद्धिको लक्ष्यसहित माओवादी केन्द्र र नेकपा (एमाले) बीचको पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । (रासस)