युवा सन्त श्री श्रीनिवासाचार्य माथि गोली प्रहार
बिराटनगर: नेपाललाई हिन्दु राष्ट्रको रूपमा नामाकरण गर्न अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्दै आएका युवा सन्त श्री श्रीनिवासाचार्य माथि हमला भएको छ ।
उनि सप्ताह पुराणको कार्यक्रममा उपस्थितिको लागि बिराटनगरको जोतुवा स्थित राम जानकी मन्दिरको धर्मशालामा आफ्नो आसनमा रहेका थिए । राती दुइबजे तिर पिसाब गर्नको लागि बाहिर निस्कने क्रममा अकस्मात तिनचोटी फाइरिङ भएको जसमध्ये एक गोली कुममा लागेको छ ।
हाल उनको बिराटनगर स्थित न्युरो हस्पिटलमा उपचार भैरहेको छ। गोली कसले र किन चलायो भन्ने बारे यकिन हुन सकेको छैन ।