युवा संघको महाधिवेशन बैसाखमा, माधब नेपाल पक्षको भने छुट्टै मिति घोषणा गर्ने धम्की ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

युवा संघको महाधिवेशन बैसाखमा, माधब नेपाल पक्षको भने छुट्टै मिति घोषणा गर्ने धम्की !



 

   हिमालपोष्ट/काठमाडौ,माघ २७

नेकपा एमालेको संगठन युवा संघ नेपालको नवौं महाधिवेशन आगामी वैशाख ९ देखि १२ सम्म हेटौंडामा हुने भएको छ। माघ २३ गतेदेखि काठमाडौंमा भएको बैठकले बुधवार महाधिवेशनको मिती तय गरेको हो।

बैठकमा अध्यक्ष राजीव पहारीले महाधिवेशनको मिति प्रस्ताव गरेका थिए। महाधिवेशनका लागि पहारीको संयोजकत्वमा महासचिव किरण पौडेल सचिव रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ। बैठकले केन्द्रीय सदस्यहरु अञ्जन भट्ट, बालिका खड्का र माधव विष्टलाई संगठनको हित विपरीत लागेको भन्दै कारबाही गरेको छ।

किरण पन्तलाई भने अमेरिका बसोबास गरेका कारण बिदा गरिएको संघका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए।

नेपाल पक्ष असन्तुष्ट

महाधिवेशनको मिति सम्बन्धमा संघका उपाध्यक्ष दिलकुमारी पन्तको समूहले असन्तुष्टी जनाएको छ। यो माधव नेपाल निकट समूह हो। उनीहरुले पत्रकार  सम्मेलन गरेर महाधिवेशनको मिति अलग्गै तोकिने चेतावनी दिएका छन्। पार्टीको नियमावलीले अनेरास्ववियु बाहेक अन्य भातृ संगठनका सम्पर्क कमिटीहरु नरहने भनिसकेको अवस्थामा युवा संघमा अन्तर जिल्ला कमिटी भंग हुनुपर्ने माग पन्त पक्षको छ।