युवा संघमा ४० वर्ष कटेका नेता आउट - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

युवा संघमा ४० वर्ष कटेका नेता आउट



काठमाडौं– नेकपा(एमाल)को भातृ संगठन युवा संघ नेपालका ४० वर्ष उमेर कटेका नेताहरुले संगठनबाट बिदा लिने भएका छन्। संघको बिधानअनुसार ४० वर्षको उमेरहद पार गरेका र जनप्रतिनिधिमा निर्वाचित नेताहरुलाई संगठनको जिम्मेवारीबाट बिदा गरेर पुर्नसंरचना गर्न लागिएको हो।

सोमबारदेखि ललितपुरमा सुरु भएको केन्दीय समितिको पूर्ण बैठकमा नयाँ नेतृत्व चयन प्रमुख एजेन्डा छ। पार्टीका युवा विभाग इन्चार्ज महेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो।
संघका अध्यक्ष राजिव पहारीले अध्यक्ष पदबाट राजिनामा दिने बताएका छन्। नयाँ अध्यक्षमा उपाध्यक्ष रमेश पौडेलको दाबी छ।

सचिवहरुले उपाध्यक्ष तथा सचिवालय सदस्यहरुले पदाधिकारीमा दाबी गरेका छन्। पदाधिकारीहरुमा दाबी गर्ने सचिवालय सदस्यहरुमा क्षिजित थेवे, अमित लामा, रोशन बस्नेत, प्रभात कटुवाल, रामकाजी बान्तवा, रोशन शाक्य,   निरेसलाल सिंह, श्याम तामाङ, रामकृष्ण खड्का, अन्जना अधिकारी, राजन थापा, दीपक जिएम,  राजु कार्की, रविन कार्की, रविन थापा लगायत छन्।

बैठक मंगलबार पनि जारी रहने बताइएको छ। यही बैठकबाट संगठनको पुर्नसंरचना गर्न लागिएको छ।