युवाहरूले किन त्याग्न थाले एमाले ? - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

युवाहरूले किन त्याग्न थाले एमाले ?



राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् । पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग कोएमाले परित्याग गरेको सचिव भुषालले बताएका छन् ।

युवा संघ अर्घाखाँचीका इन्चार्ज समेत रहेका भुषालले भनेका छन्,

‘नेकपा (एमाले) का वडा,नगर हुँदै हालै सम्पन्न राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिबेशन सम्म आइपुग्दा यस् पार्टी भित्र चरम गुटबन्दी, ब्याक्तीगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट हामी जस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनबर्गिय सङठनहरुमा रहेको निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले आजका मिति देखी राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिब लगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा (एमाले)को साधारण सदस्य समेत नरहने गरि एमाले परित्यागको घोषणा गर्दछु ।’