२०७६ जेष्ठ १२, आइतवार

युवा विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार

May 15, 2019
44 Views

कैलाली । बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो,’ मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने । बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा पुर्‍याउने कार्यक्रम भने आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन् । आजको नयाँ पत्रीका दैनिकमा धनगढीबाट तेज भट्टले लेखेका हुन् ।

Facebook Comments

सम्बन्धित खवर

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता
विचार/लेख
0 shares4 views
विचार/लेख
0 shares4 views

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता

Himalpost Desk - २०७६, १३ जेष्ठ ०५:०५

- कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा…

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा
राजनीति
0 shares10 views
राजनीति
0 shares10 views

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

himal post - २०७६, १३ जेष्ठ ०१:०५

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र…

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना
राजनीति
0 shares31 views
राजनीति
0 shares31 views

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना

himal post - २०७६, १३ जेष्ठ ००:५९

काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ । तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर…