महामारीकै बेला इरान-अमेरिका युद्धको खतरा - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

महामारीकै बेला इरान-अमेरिका युद्धको खतरा



एजेन्सी- सिंगो विश्व कोरोनाको महामारीबाट आक्रान्त भैरहेका बेला अमेरिका र ईरानबीचको टसल झनै चर्किएको छ ।

ईरानी सेनाको सर्वोच्च अंग रिभोल्युशनरी गार्डका प्रमुख जनरल हुसैन सलामीले अमेरिकी नौसेना माथी घातक आक्रमण गर्न आफ्ना सुरक्षा बललाई आदेश दिंदा दुई मुलुकबीचको समस्या झनै चर्किएको हो ।

जनरल सलामीले आफ्ना सेनालाई आदेश दिंदै सरकारी टेलिजिन मार्फत भनेका छन, “अमेरिकाको आतंककारी सेना वा कुनै पनि युद्धपोतले हाम्रा ब्यवसायिक तथा लडाकु बोटहरुलाई रोक्ने प्रयास गरे, तुरुन्तै निशानामा लिएर ध्वस्त पार्नु ।”

ईरानी सैन्य कमाण्डरको यस्तो धमकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ईरानी लडाकु जहाजहरुलाई समुन्द्रमा डुबाउने चेतावनीसहितको ट्वीट सार्वजनिक भएपछि आएको हो । ईरानमा अमेरिकी प्रतिनिधिको भूमिका निर्वाह गरिरहेको स्विस राजदुतलाई पनि ईरानले यस्तै धम्कीपूर्ण चेतावनी दिएको छ ।

महिनौंदेखि दुई देशबीच चलिरहेको खराब सम्बन्धकाबीच अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आएको धम्कीपूर्ण ट्वीट बारे ईरानले स्विस राजदुतावासलाई जानकारी गराएको थियो । पछिल्लो साता अमेरिकाले पर्सियन खाडीमा ईरानका ११ वटा गन बोटहरु अमेरिकी नौसैनिक जहाज तर्फ खतरनाक रुपमा अघि बढेको आरोप लगाएको थियो ।

कोरोना भाईरसको विश्वब्यापी महामारीका कारण यि दुवै मुलुकबीचको टसल केही मत्थर भएको थियो । तर ट्रम्प प्रशासनको अधिक दवाबपूर्ण नीतिकाविरुद्ध ईरानले सैन्य र राजनैतिक दुवै स्तरबाट अमेरिकाको विरोध सुरु गरेको छ ।