माधवलाई छोडेर ओलीतिर लागे युवराज ज्ञवाली - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

माधवलाई छोडेर ओलीतिर लागे युवराज ज्ञवाली



काठमाडौं- एमाले स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वरिष्ठ नेता माधवकुमार नेपाल समुह छाड्ने भएका छन् । लाओ समयदेखि नेता नेपाललाई साथ दिएका नेता ज्ञवालीले अब भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ् दिने भएका छन् ।

केपी ओलीको चर्को आलोचना गरेर नाताकने नेता ज्ञवालीले अन्तिम समयमा आएर नेता नेपालको साथ् छाड्ने भएका हुन् । उनले दबिएर भएपनि एमालेलाई एकताबद्द बनाउने भन्दै ओलीलाई साथ् दिने निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको माधव नेपालपक्षले नयाँ दल एमाले समाजवादी दर्ता गर्ने तयारी थालेपनि ज्ञवाली नयाँ दलमा नजाने भएका हुन्।

उनले नयाँ पार्टी बनाएर पनि चलाउन सकिने अवस्था नभएको भन्दै नेपाल समुहका नेताहरूलाई खबर पठाएको बताइएको छ । ‘पार्टीमा सहमति गरेर भएपनि एक बनाउन लाग्नुपर्ने’ भन्दै ज्ञवालीले ओलीमै रहने आशय व्यक्त गर्ने गरेको नेपालपक्षका एक नेताले बताए।

‘पछिल्लो समय हामीले बोलाएको भेलामा युवराज कमरेड आउँन छोड्नु भएको छ’ ति नेताले भने, ‘उमेरले पनि धेरै भइसक्यो नयाँ पार्टी बनाएर स्थापित गर्न सकिँदैन भन्न थाल्नु भएको छ।’ एमाले हुँदा ओलीको खरो आलोचना गर्ने गरेका उनलाई एमालेमा बस्न गाह्रो हुने देखिएको हो।