युवराज सिहंले मागे विदेशी टि-२० लिग खेल्ने अनुमति - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

युवराज सिहंले मागे विदेशी टि-२० लिग खेल्ने अनुमति



हालै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पूर्व भारतीय ब्याटसम्यान युवराज सिहंले भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)सँग संसारभरका विदेशी टि-२० क्रिकेट लिग खेल्ने अनुमति मागेका छन्।

‘उनले हिजो बोर्डलाई पत्र लेखेका छन्। अन्तराष्ट्रिय क्रिकेट तथा आईपिएलबाट सन्यास लिएकाले मलाई लाग्दैनकी बोर्डलाई उनलाई अनुमति दिन कुनै समस्या हुनेछ’,मंगलबार बिसिसीआईका एक सुत्रले प्रेस ट्रस्ट अफ इण्डिया(पिटिआई)सँग भने।

बिसिसीआईले आफ्ना सक्रिय खेलाडीहरूलाई विदेशी टि-२० लिगमा भाग लिन दिएको छैन। यसै कारण पनि युवराजले सन्यासको घोषणा  गरेको बताइन्छ।

सिंहअघि वीरेन्द् सहवाग तथा जहीर खानले युएईमा खेलिसकेका छन्। गत साता सन्यास घोषणाका क्रममा सिंहले विदेशी टि-२० लिग खेल्ने इच्छा व्यक्त गरेका थिए।

‘म टि०२० क्रिकेट खेल्न चाहन्छु। यो उमेरमा मनोरञ्जनका लागि केहि क्रिकेट खेल्न चाहन्छु। म जिन्दगीको मजा उठाउन चाजन्छि। अन्तराष्ट्रिय क्रिकेट तथा आईपिएलका बारेमा सोच्नु धेरै तनावपूर्ण हुन्छ’, उनले भनेका थिए।