आत्महत्या गर्छु भन्दै युवतीले ठगिन् दुई युवकबाट लाखौं - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

आत्महत्या गर्छु भन्दै युवतीले ठगिन् दुई युवकबाट लाखौं



नक्कली फेसबुक आईडी बनाएर लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

झापाको अर्जुनधारा नगरपालिका ६ की २७ वर्षिया तविता राईलाई इलाका प्रहरी कार्यालयले बिर्तामोडको टोलीले पत्राmउ गरेको हो। जापा र काठमाडौं बस्दै आाएका दुई व्यक्तिले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

यस्तो थियो ठग्ने तरिका
प्रहरीका अनुसार तविताले गुराँस श्रेष्ठ र गरिमा श्रेष्ठको नामा दुईवटा नक्कली फेसबुक आईडी बनाएर विभिन्न व्यक्तिलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउँथिन्। फेसबुक म्यासेन्जरमार्फत ती व्यक्तिसँग कुराकानी गर्दा उनले आफ्नो घर भारतको सिक्किमा रहेको बताउने गरेकी थिइन्।

फेसबुकको कुराकानीमा आफू जेट एयर होस्टेसका रूपमा काम गर्दै आइरहेको बताउने तविताले बाुब अमेरिकामा बस्ने, आमा डाक्टर र दाजु पाइलट रहेको भनी धेरैलाई आफूतर्फ आकषित गरेकी थिइन्।

‘मोबाइल र म्यासेन्जरमा निरन्तर कुराकानी गरेर नजिक भएपछि विवाह गर्नेसम्मको प्रलोभन दिएर पछि एक्कासि केही समस्या देखाउँदै रकम ठगी गरेको पाइयो,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहनकुमार थापाले भने, ‘रकम माग्दा नदिएमा आत्महत्या गर्ने भनी धम्कीसमेत दिने गरेको भनेर दुई जनाको उजुरी परेपछि पक्राउ गरेका हौं।’

प्रहरीका अनुसार उजुरी दिनेहरूमा एक जना काठमाडौं र अर्का भने जापानमा बस्दै आएका छन्। एक वर्षदेखि युवतीसँग भइरहेको कुराकानीको प्रलोभनमा परेर उनीहरू दुवै झापा आएका थिए। यो खबर आजको नयाँ पत्रिकामा लक्ष्मी सापकोटाले लेखेका हुन्।

उजुरीकर्तामध्ये जापानबाट आएका व्यक्तिबाट उनले नगद दुई लाख र मोबाइल लगिसकिन्। काठमाडौका व्यक्तिले पनि युवतीले दुई लाख रुपैयाँभन्दा बढी नै रकम लगिसकेको प्रहरीलाई बताएका छन्।