उपेन्द्र यादवलाई कालो झण्डा देखाएका युवकको ज्यान गयो - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

उपेन्द्र यादवलाई कालो झण्डा देखाएका युवकको ज्यान गयो



बर्दिया – बर्दियामा उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका ४ जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

यही भदौ ७ गते यादवलाई कालो झण्डा देखाउने क्रममा गुलरियाबाट पक्राउ परेका ४ जना युवामध्ये बाँकेको जानकी गाउँपालिकाका राममनोहर यादव  बिरामी भएपछि काठमाडौं ल्याइएको थियो । प्रहरी हिरासतमै बिरामी भएपछि उनलाई उपचारका लागि काठमाडाैं ल्याइएकाे हाे ।

उनको आज शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । पक्राउ परेका अन्य तीन जना युवकहरु  प्रहरी हिरासतमै रहेका छन् ।