यौन क्रियाकलापमा संलग्न पक्राउ - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

यौन क्रियाकलापमा संलग्न पक्राउ



भक्तपुर, चैत ६ गते ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई आज पक्राउ गरेको छ ।

भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा रेस्टुरेन्टको माथिल्लो तलाको तीनवटा कोठाबाट यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा तीन जोडी महिला पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले रेस्टुरेन्ट सञ्चालकसमेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । रासस