युवा संघ कि वाइसिएलः नाममा चर्कियो बिबाद - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

युवा संघ कि वाइसिएलः नाममा चर्कियो बिबाद



काठमाडौँ । सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाइसिएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ ।

पूर्वएमाले समूहले युवा संघ नेपाल नामको निरन्तरतामा अडान राखेको छ । युवा संघ नेपाल तत्कालीन एमालेनिकट युवा संगठनको नाम हो । नेकपाका जनवर्गीय संगठनहरूको एकता घोषणा कार्यक्रममा ‘युवा संघ’ नाम नै घोषणा गरिएको थियो । तर, तत्कालीन माओवादीनिकट युवा नेताहरूले सो नाम स्विकारेका छैनन् ।

‘पार्टी महासचिवले नै यसबारे थप छलफल गरौँला भन्नुभएकाले सर्कुलर नआएसम्म संगठनको नाम आधिकारिक रूपमा टुंगिएको हामीले नमानेका हौँ,’ वाइसिएलका पूर्वमहासचिव सुवोधराज श्रीपाइलीले नयाँ पत्रिकासँग भने, ‘विधान मस्यौदा कार्यदल र पार्टी एकीकरण कार्यदलले युवा संगठन नेपाल र राष्ट्रिय युवा संगठन नेपालमध्ये जुनसुकै नाम राखे पनि उपयुक्त हुने गरी प्रतिवेदन बुझाएका थियौँ, तर त्यसभन्दा फरक नाम घोषणा भएकाले सर्कुलर नआएसम्म पर्खौँ भन्ने हाम्रो आग्रह हो ।’ नयाँ पत्रिका दैनिकमा शुरोजङ्ग पाण्डेले लेखेका छन् ।