प्रधानमन्त्रीकै गृहजिल्लामा योजनाहरू अलपत्र - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रधानमन्त्रीकै गृहजिल्लामा योजनाहरू अलपत्र



दमक। अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । नागरिक दैनिकले समाचार छापेको छ ।

तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन् । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैँले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रुपमा देखा परेको छैन ।

विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन् ।