योगेश भट्टराईले भने: सर्वोच्चको फैसला स्वागतयोग्य - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

योगेश भट्टराईले भने: सर्वोच्चको फैसला स्वागतयोग्य



काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसलालाई स्वागत गरेका छन् ।

नेता योगेश भट्टराईले त्यसको स्वागत गरेका छन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्।

बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न पनि उनले आग्रह गरेका छन् । हिजो भएको १० बुँदे सहमतिलाई ईमन्दारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले सांसदभित्र र बाहिर पनि एक ढिक्का रहने उनले विश्वास व्यक्त गरेका छन् ।