योगेशले भने: ओलीसँग आत्मसमर्पण गरेको होइन, पार्टी कब्जा गर्न खोजेको - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

योगेशले भने: ओलीसँग आत्मसमर्पण गरेको होइन, पार्टी कब्जा गर्न खोजेको



काठमाडौं- नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरु पार्टीलाई कब्जा गर्ने अभियानका साथ ओलीसंग वार्ता गरिरहेको बताएका छन् । उनले ओली संगको संवाद र छलफल व्यक्तिगत नभएर संघर्ष भएको समेत बताएका छन् ।

उनले भने, ‘केपी ओलीसँगको एकता प्रयास व्यक्तिगत होइन, संघर्ष हो। ओलीसँग हाम्रो लडाई संघर्ष, रुपान्तरण र एकता नै हो।’ उनले एमालेलाई एकतावद्ध राख्न पहल गरिरहेको तर, एकता भनेको आत्मसमर्पण नभएको बताएका छन्।

शुक्रबार माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा बोल्दै योगेशले अहिले पनि संघर्ष नै प्रधान रहेको बताए। ‘अहिले पनि संघर्ष नै प्रधान हो, हामीले तलसम्म संगठन निर्माण गर्दै जाने हो र यो विषयलाई अझै तल्लो तहमा लैजाने हो।’

उनले एकता भनेको आत्मसमर्पण नभई रुपान्तरका लागि मात्र भएको उल्लेख गर्दै भने, ‘हामीले एकताको प्रक्रियाबाट गएर पार्टी कब्जा गर्ने हो।’

भट्टराईलगायत एमालेका चार जना नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा छन्। भट्टराईले पार्टीको एकताको लागि गरिएका इमान्दार प्रयत्नबारे गलत टिप्पणी भइरहेको समेत उल्लेख गरे।