रवीन्द्र अधिकारीको दुर्घटना षड्यन्त्र हुनसक्छ : योगेश भट्टराइ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

रवीन्द्र अधिकारीको दुर्घटना षड्यन्त्र हुनसक्छ : योगेश भट्टराइ



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि नेकपाका नेता एवं सांसद योगेश भट्टराईले दुर्घटनाको समयले उत्तर माग्ने प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा नेता भट्टराईले लेखेका छन्, ‘भिआइपी उडानमा पाइलटसहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

नेता भट्टराईले कुटनीतिक शैलीमा हेलिकोप्टर दुर्घटनाप्रति आशंका व्यक्त गरेका छन्। सुकेटारबाट पाथिभरा जाँदा सधै यात्रु झार्ने गरिएकोमा यसपालि किन त्यसो गरिएन भनेर उनले प्रश्न गरेका छन्।