ओलीको कदमप्रति योगेश भट्टराई र रामकुमारी झाँक्री आक्रोशित - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

ओलीको कदमप्रति योगेश भट्टराई र रामकुमारी झाँक्री आक्रोशित



काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराईले माधव नेपाल र भीम रावलमाथिको कारबाहीप्रति आक्रोशित बनेका छन् । उनले यो कारबाहीको परिणाम उल्टो हुने निश्चित भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले नेपाल र रावलमाथि सोमवार कारबाही गरेपछि उनले कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र भएको समेत टिप्पणी गरे ।

उनले लेखेका छन्, कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !

त्यस्तै एमाले नेतृ रामकुमारी झाँक्रीले कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने वा गाली गर्ने भएको टिप्पणी गरेकी छन् ।

नेतृ झाँक्रीले भनेकी छन्, कमजोरहरूको अन्तिम अस्त्र हो, जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने ।’

उनले पृथ्वी गोलो भएको कुरा हेक्का राख्न पनि भनेकी छन् । उनले लेखेकी छन्,‘हेक्का रहोस्, पृथ्वी गोलो छ ।’

नेता नेपाल र रावललाई कारबाही गर्ने निर्णयपछि एमाले फूटको संघारमा पुगेको छ । यता नेता नेपाल र रावलले आफूहरूविरुद्धको कारबाही अस्विकार गर्ने घोषणा गरिसकेका छन् ।