योगेशको प्रश्न: केपी ओली र माधव नेपालको अहंकारको मूल्य अरूले चुकाउनुपर्ने ? - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

योगेशको प्रश्न: केपी ओली र माधव नेपालको अहंकारको मूल्य अरूले चुकाउनुपर्ने ?



काठमाडौँ- पूर्वमन्त्री तथा एमाले नेता योगेश भट्टराईले एमालेका शिर्ष नेताहरुको अहंकार र शक्तिको टकरावले पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीबाट हात धुनु परेको दाबी गरेका छन्।

उनले शनिबार बेलुकी केन्द्रमा नेताहरुको टकरावले प्रदेशगत रुपमा एमालेले असहजता व्यहोर्नुपरेको उल्लेख गरेका छन्। उनले एमालेका नेताहरू केपी ओली र माधव नेपालको टकरावको संकेत गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्- नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? सबै प्रदेशमा दलका काम कार्वाहीको पुन: संरचना गर्न ढिला नगरौ !

पृथ्वी सुब्बा गुरुङले विश्वासको मत हासिल गर्न नसकेपछि शनिबार गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्।