योगेश भट्टराईले गरे प्रचण्डको प्रशंसा - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

योगेश भट्टराईले गरे प्रचण्डको प्रशंसा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंशा गरेका छन् । भट्टराईले कम्युनिस्ट आन्दोलनमा प्रचण्डको भूमिकाबारे बोल्दै उनको प्रशंसा गरेका हुन् ।

जनयुद्धमा हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले प्रचण्डले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गरेका थिए ।

उनले भने, ‘प्रचण्डले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभयो, उहाँले जनयुद्ध शुरू गर्दा हामी फरक पाटोमा थियौँ। तर, हामीले त्यो कुरालाई अहिले हर्यौँ भने मिल्दैन। तर, उहाँले धेरै योगदान दिनुभएको छ।’

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने अभियानमा जानका लागि प्रतिगमन विरुद्ध लागि रहेको बताए। ‘कम्युनिस्टहरू एक भएर समाजवादको लक्ष्यमा जाने हामीले बाटो बनाउन खोजेका थियौँ। तर, बीचमा केही समस्या आइपरेको छ। सबै एकजुट भएर हामीले कम्युनिस्ट आन्दोलनलाई सफल बनाउन लाग्नुपर्छ’ उनले भने।