योगेश भट्टराई पनि राष्ट्रपतिप्रति आक्रोशित - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

योगेश भट्टराई पनि राष्ट्रपतिप्रति आक्रोशित



काठमाडौं- नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई पनि राष्ट्रपती विद्यादेवी भण्डारी र उनका नजिक हुनेहरूप्रति आक्रोशित बनेका छन् ।

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेका प्रहरी पुगेपछि नेकपा स्थायी समिति सदस्य भट्टराई आक्रोशित बन्दै प्रहरीलाई तत्काल फिर्ता हुन आग्रह गरेका छन्।

झाक्रीले राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गर्न प्रहरी शंखमुलस्थित उनको निवासमै पुगेको छ।

‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलीसात् गर्ने भए,’ भट्टराईले भनेका छन्, ‘राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर।’

भट्टराईले यस कदमका कारण व्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व र अझ स्थापित गर्ने बनाउने बताएका छन्।

‘प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ,’ उनले भनेका छन्।