ओलीसँग भेटेर योगेशले राखे सहयोग गर्ने सर्त
काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता योगेश भट्टराई बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी बालुवाटार पुगेका हुन् ।
पार्टीमा दुई समूह एक अर्काप्रति आक्रामक भैरहेका बेला वरिष्ठ नेता नेपाल समुहका नेता भट्टराई अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेपछि पार्टीमा भने तरङ्ग उत्पन्न बहेको छ । बालुवाटार पुगेर उनले ओलीसंग नेताहरूलाई समेटेर लैजान नसके दुर्घटना हुनसक्ने बताएका थिए ।
प्रधानमन्त्री र दलको नेता भएकोले ओलीले सबैलाई समेटेर लैजौपरने उनले बताएका थिए । उनले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद आग्रह समेत गरेको बताइएको छ ।
अध्यक्ष ओलीलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेलेको खण्डमा आफूले समेत प्रधानमन्त्री ओलीलाई साथ् दिने बचन दिएका छन् । जनताको उत्साह कम हुने भन्दै योगेशले एमालेको बिभाजनले राष्ट्रको हित नहुने समेत बताएका थिए ।
भट्टराईले हिजो दुवै पक्षबाट हुन नहुने खालका तीतामीठा काम भएकाले नेताहरूसँग संवाद गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले फैसला गरेको ठाउँबाट अघि बढ्न आग्रह गरेका छन् । उनको आग्रहलाई ओलीले सकारात्मक रूपमा लिएको बताइएको छ ।
भट्टराईसहित २७ सांसदलाई कारवाही प्रक्रिया कानूनी रूपमा अघि बढाउने ढंगले मंगलवार अध्यक्ष तथा संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोधेका थिए । भट्टराई पछिल्लो समय निरन्तर पार्टी विभाजन हुन नदिन सक्रिय छन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग नगरेकोबारे गुनासो गरेका थिए । योगेशले भने पार्टीको बिभाजन रोक्ने भूमिका खेलेमा सधै सहयोग गर्ने वचन दिएको बताइएको छ ।