खगेन्द्र संग्रौलाको कटाक्ष: योगेशले डा. केसीको बिरोध गरेरै बक्सिसमा मन्त्री पाए - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

खगेन्द्र संग्रौलाको कटाक्ष: योगेशले डा. केसीको बिरोध गरेरै बक्सिसमा मन्त्री पाए



काठमाडौं- खरो वक्ता तथा लेखक खगेन्द्र संग्रौलाले पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्री पद बक्सिसमा पाएको कडा कटाक्ष गरेका छन्।

संग्रौलाले मन्त्री भट्टराईलाई बिरलाकोटी प्रतिभा भएको पनि बताएका छन् । डा. गोविन्द केसीको सत्याग्रहलाई भट्टराईले ‘इमोसनल ब्ल्याकमेलिङ’ भनी टिप्पणी गरेको भन्दै लेखक संग्रौलाले बुधबार बिहान ट्विटरमार्फत कडा आलोचना गरेका हुन्।

संग्रौलाले लेखेका छन्, ‘माननीय पर्यटनमन्त्री योगेश भट्टराईले डा. केसीको सत्याग्रहलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ को संज्ञा दिएछन्, स्मरण रहोस्, मान्यवर, विरलाकोटी प्रतिभाका धनी योगेश महोदयको लाभदायक मन्त्री पद डा. केसीको सत्याग्रहको विरोध गरेबापत पाएको बक्सिस हो। किमधिकम्!’