योगेश जी 'निर्मलाको हत्यारा पत्ता लगाउ भन्नु डा.केसीको भुल हो':महासचिव शाही - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

योगेश जी ‘निर्मलाको हत्यारा पत्ता लगाउ भन्नु डा.केसीको भुल हो’:महासचिव शाही



काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेकपाका यूवा नेता योगेश भट्टराइलाई अनसनरत डा. गोविन्द केसी फोविया भएको टिप्पणी गरेका छन् । महासचिव शाहीले नेता भट्टराईलाई प्रधानमन्त्री ओलीको चाकडी गरेर मन्त्री बन्न खोजेको आरोप समेत लगाएका छन् ।

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा.गोविन्द केसीको चर्को विरोध गरेर भट्टराईले ओलीलाई खुशी पार्न खोजेको बताउँदै महासचिव शाहीले भने,‘योगेश भट्टराईले गोविन्द केसीको विरोध गरे जस्तो गरेर केपी ओलीको चाकरी गरेका छन्, नेकपा भित्रका राम्रो नेताको रुपमा हेरिएका भट्टराईले यसपालि केसीको बिरोध गर्नु कुनै कोर्णबाट राम्रो देखिएन ।’

डा.केसीले माफिया विरुद्ध सत्याग्रह गर्दा कम्युनिस्ट नेताले जनता विरोधी अभिव्यक्ति दिनु आपत्तिजनक भएको शाहीको ठहर छ । उनले भने,‘सरकारले गरेको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै डा.केसी इलाम गएर अनशन बसिरहेका छन् । निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर डा.केसीले के बिगारे ? योगेश भट्टराईले गोविन्द केसीलाई जनता बिरोधि भन्न मिल्छ ?’