एमालेविरुद्ध किन बन्यो गठबन्धन ? यस्तो छ योगेशको जवाफ - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

एमालेविरुद्ध किन बन्यो गठबन्धन ? यस्तो छ योगेशको जवाफ



काठमाडौं- पछिल्लो समय आलोचित बनेका नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति कडा टिप्पणी गरेका छन् ।

निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको व्यंग्य गर्दै योगेशले गठबन्धन बन्नुका चार कारण उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै पूर्वमन्त्री भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको आरोप लगाएका छन् ।

भट्टराईले भनेका छन्, ‘एमालेविरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।’

पछिल्लोपटक प्रायः सबै प्रदेशमा मन्त्रालय फुटाएर सत्ता गठबन्धनमा भाग पुर्‍याउन १३ वटासम्म मन्त्रालय बनाइएको छ । यसैलाई व्यंग्य गर्दै योगेशले गठबन्धनबारे यस्तो टिप्पणी गरेका हुन् ।