योगेश भट्टराईको गाडीले ठक्कर दिँदा एक घाइते: उपचारका लागि काठमाडौं ल्याइँदै
काठमाडौँ – नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले एक साइकल यात्रुलाई ठक्कर दिएको छ ।
रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भट्टराई चढेको गाडीले ठक्कर दिँदा साइकल यात्री इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।
घिमिरेको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ । थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।