प्रम ओलीले नेपाल पक्षका नेतालाई किनारा लगाउन खोजेपछी भट्टराई आक्रोश - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रम ओलीले नेपाल पक्षका नेतालाई किनारा लगाउन खोजेपछी भट्टराई आक्रोश



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक प्रभावशाली युवा नेताले पार्टीभित्र तल्ला कमिटीको एकीकरणको मापदण्ड नतोकिए ‘ठूलो सङ्गठनात्मक अराजकता र द्वन्द्व आउने’ चेतावनी दिएका छन्।

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले त्यसो हुन नदिन आफूहरुले सचेत बनाउन खोजेको बताए।

एकताको निम्ति केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीको नामवलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाउनेमध्ये उनी पनि एक हुन्।

ती सिफारिस स्थायी कमिटीले सच्याउने वा मापदण्ड बनाएर दिनु पर्ने बताउँदै उनले भने, ‘त्यसो गरिएन भने पार्टीभित्र ठूलो सङ्गठनात्मक अराजकता र द्वन्द्वको अवस्था आउन सक्छ। त्यसो नहोस् भन्ने हाम्रो प्रयास हो।’

खास गरेर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थानीय नेतालाई किनारा लगाइएको भन्ने असन्तुष्टि उनी निकट नेताहरूको पाइन्छ।

अहिलेसम्मको सिफारिसमा निषेध र प्रतिशोधको झल्को पाउनु भएको होरु भन्ने प्रश्नमा नेता भट्टराईले कतिपय जिल्लाबाट आएका सिफारिसमा त्यस्तो देखिएको बताए।

उनले भने, ‘त्यसले आशङ्का के जन्मायो भने, पार्टीभित्र कतै फेरि काखापाखा र निषेध गर्ने अनि यही मौकामा तह लगाउनु पर्छ भन्ने मनोवृत्तिले प्रश्रय पाउने हो कि रु’

तर उनले त्यस्तो भएको कुनै प्रदेश वा जिल्लाको नाम भने उल्लेख गर्न चाहेनन्।

आफूमाथि अन्याय भयो भन्दै जिल्ला जिल्लाका नेताहरू काठमाण्डूमा नेताहरूको घरघर पुगिरहेको र पार्टी कार्यालयमा समेत नेता आएको पनि उनले बताए।

खासगरी प्रदेश नम्बर पाँचमा नेता नेपाल खेमालाई किनारा लगाइएको विवरण आइरहेका छन्।

तर नेता भट्टराई भन्छन्, ‘पार्टीमा कसैले कसैको पत्ता साफ गर्नै सक्दैन। कसैले गर्न खोजेको हो भने त्यो दुस्साहस हो। अर्को पक्षलाई समाप्त गर्छु भन्ने सोच्नु दुर्भाग्यपूर्ण कुरा हो।’

त्यस्तो नियत कुनै नेताको होला भन्ने आफूलाई नलागेको उल्लेख गर्दै उनले तर नेताको नाममा कसैले शक्ति अभ्यास गर्न खोजे पनि त्यसको औचित्य नरहेको बताए। बीबीसी