योगेश भट्टराइ भन्छन: अब सर्वोच्चमा बहस म आफै गर्छु - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

योगेश भट्टराइ भन्छन: अब सर्वोच्चमा बहस म आफै गर्छु



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सर्वोच्चमा बहस गर्न आफैं जाने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलबारे बहस गर्न आफैं सर्वोच्च जाने बताए । उनले भने, “देशको भविष्यसँग जोडिएको विषयमा बहस गर्न म आफैं सर्वोच्च जान तयार छु ।”

‘राज्यका कुनै पनि निकाय यो आयोजनामा अवरोधक बन्दैनन्, तर, सर्वोच्च त्यसमा क्लियर हुन खोजेको छ, उसलाई स्पस्ट बनाउनु सरकारको दायित्व हो,’ उनले भने ।

सर्वोच्चले आयोजना नबनाऊ नभनेको भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने उनले बताए । ‘हामी फिल्डमा पो जानु भएन, कागजी कामको तयारीमा त काम गर्न सक्छौं नि,’ मन्त्री भट्टराईले भने ।

यो आयोजनामा काट्ने रुखको संख्या, वातावरण बिनासमा अनावश्यक डाटा बाहिर ल्याएर अफवाह फैलाइएको भन्दै उनले नागरिक उड्डयन क्षेत्रका बिज्ञले अफवाह चिर्ने गरी अभियान थाल्नुपर्ने बताए ।

फिल्डमा नजाने तर, कागजी कामको तयारी गर्न सक्ने उनले बताए । निजगढ विमानस्थल निर्माणका क्रममा रुख कटानको कामबारे कुनै निर्णय नलिन सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएको छ ।

२९ मंसीरमा सर्वोच्चले यसबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।