२०७५ अशोज ६, शनिबार

यी महिला जसले वडा सदस्य बन्नका लागि गरिन् श्रीमानसँग सम्बन्ध विच्छेद

April 18, 2017
363 Views
Spread the love

विराटनगर : १८ वर्षअघि प्रेम विवाह गरेकी एक महिलाले वडा सदस्यको उम्मेदवार बन्नका लागि श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छिन्। विराटनगर उप-महानगरपालिका ११ की ३६ वर्षीया रिंकुदेवी परियारले वडा सदस्यको उम्मेदवार बन्न श्रीमान् सवदनारायण सरदार थारुसँग सम्बन्ध विच्छेद गरेकी हुन्। उनीहरुबीचको वैवाहिक सम्बन्ध अन्त्य भएको फैसला ५ दिनअघि जिल्ला अदालत मोरङले सुनाएको छ।

सम्बन्ध विच्छेदपछि रिङ्कुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट  बाबुको नाममा नागरिकता लिएकी छिन्। नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनमा विराटनगर-११  बाट दलित महिला कोटामा उम्मेदवार बनाउने भएपछि रिंकुले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी हुन्। सम्बन्ध विच्छेदपछि एमालेले उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। अब उनी एमालेबाट वडा सदस्यको उम्मेदवार बन्ने पक्का छ। स्थानीय तहको निर्वाचनमा सबै वडामा दलहरुले अनिवार्य रुपमा एकजना दलित महिलालाई उम्मेदवार बनाउनुपर्ने प्राबधान छ । रिंकुले थारुसँग विवाह गरेपछि श्रीमानकै थरबाट नागरिकता लिएको कारण दलित भएको प्रमाणित गर्न श्रीमानसँग सम्बन्ध बिच्छेद गरी माइतीकै थरबाट नागरिकता लिन पार्टीले लगाएको हो ।

एमालेको वडा कमिटीका अध्यक्ष सुरज श्रेष्ठले अन्य दाबेदार नभएपछि पार्टीले रिंकुलाई दलित महिला कोटाबाट वडा सदस्यको उमेद्धवार उठाउने निश्चित भएको बताए। पार्टीमा सक्रिय दलित महिला भएकालेले उनलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ। रिंकुदेवी थारुको नाममा भएको नागरिकताको कारण उम्मेदवार बन्नबाट बञ्चित हुनसक्ने चिन्ता रिंकुदेवीलाई थियो। श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीको थरबाट नागरिता लिएपछि दलित कोटाबाट उम्मेदवार बन्‍ने ढोका उनका लागि खुल्यो। चुनावको मुखमा सम्बन्ध बिच्छेद भएपनि श्रीमानसँग लामो समयदेखि अलग बस्दै आएको रिंकुदेवीले बताइन्। ९ वर्षदेखि नै आफुहरु अलग बस्दै आएकोमा अहिले कानुनी रुपमा अलग भएको उनको भनाइ छ। श्रीमानको नामबाट लिएको नागरिकता उमेद्धवार बन्न बाधक बन्ने भएपछि विकल्पका रुपमा सम्बन्ध विच्छेदलाई रोजेको रिंकुको प्रतिक्रिया छ। यो दम्पतीका २ छोरा छन् । दुबै छोरा रिङ्कुदेवीसँगै बस्दै आएका छन्। श्रीमानले पनि अर्को विवाह गरिसकेको रिंकुदेवीले बताइन्।

साभार थाहा खबर

Facebook Comments

You may be interested

पुरुषले गर्ने दैनिक ९ गल्ती !
समाचार
0 shares44 views
समाचार
0 shares44 views

पुरुषले गर्ने दैनिक ९ गल्ती !

himal post - २०७५, ६ आश्विन ०८:२६

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य…

१३ बर्षमै फेसबुकमा लभ,अश्लील तस्बिर सेयरिङले निम्त्यायो परिवारमा तनाव !
पत्रपत्रिका
0 shares36 views
पत्रपत्रिका
0 shares36 views

१३ बर्षमै फेसबुकमा लभ,अश्लील तस्बिर सेयरिङले निम्त्यायो परिवारमा तनाव !

himal post - २०७५, ६ आश्विन ०८:०९

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत…

तीन नवजात शिशुसहित पाँच जनामाथि चक्कु प्रहार
समाचार
0 shares22 views
समाचार
0 shares22 views

तीन नवजात शिशुसहित पाँच जनामाथि चक्कु प्रहार

himal post - २०७५, ६ आश्विन ०८:०१

काठमाडौं– अमेरिकाको न्युयोर्क सिटीस्थित क्विन्समा रहेको नवजात शिशु स्याहार केन्द्रमा एक महिलाले तीन नवजात शिशुसहित पाँच जनामाथि चक्कु प्रहार गरेकी…